• Trending:

मिनी ट्रकको ठक्करबाट एकको मृत्यु, एक गम्भीर घाइते

मिनी ट्रकको ठक्करबाट एकको मृत्यु, एक गम्भीर घाइते

Economist Nepal

Wed, Bhadra 29 2079

मिनी ट्रकको ठक्करबाट एकको मृत्यु, एक गम्भीर घाइते


accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका-७ महादेवफाँटमा गए राति मिनीट्रकको ठक्करबाट एक जनाको निधन भएको छ । गम्भीर घाइते भएका अर्का एक जनालाई उपचारका लागि काठमाडाैं लागिएको छ ।

गए राति महादेवफाँटस्थित बा २० च ९४४२ नम्बरको कार सडक छेउमा रोकेर त्यसबाट ओर्लन लागेका दुई जनालाई मिनी ट्रकले ठक्कर दिएको जनाइएको छ । ठक्करबाट बेलकोटगढी -७ का ५५ वर्षीय वीरेन्द्र कुँवरको घटनास्थलमै निधन भएको र सोही स्थानका ४८ वर्षीय राजेन्द्र राई गम्भीर घाइते भएको नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए ।

मिनीट्रक चालकको लापरबाहीबाट दुर्घटना भएको जनाउँदै पीडित परिवारसहित स्थानीयवासीले शव उठाउन अस्वीकार गरेका छन् । उनीहरूले घटनास्थलमा बसेर रातिदेखि सुरु गरेको विरोध प्रदर्शन अहिलेसम्म कायम छ ।

city

ठक्कर दिने बा ३ ख १६४ नम्बरको मिनीट्रक घटनापछि भाग्ने क्रममा स्थानीयवासीले बेलकोटगढी-५ केउरिनी भन्ने स्थानबाट नियन्त्रणमा लिएर आगो लगाइदिएका छन् । चालकलाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख पण्डितले जानकारी दिए ।
ृरण्दुर्घटनापछि फरार भएको मिनीट्रकलाई रोक्न बेवास्था गरेको जनाउँदै स्थानीयवासीले प्रहरी चौकी तारुकाको देवीघाट-गल्छी सडकखण्डमा रहेको प्रहरी युनिटमा समेत क्षति पुर्‍याउने प्रयास गरेका थिए । घटनापछि गल्छी-रसुवागढी अन्तर्राष्ट्रिय राजमार्गको देवीघाट-गल्छी सडकखण्ड पूणर्रूपमा अवरुद्ध छ ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.