• Trending:

सलाहको गोलमा लिभरपुलको पहिलो जित

सलाहको गोलमा लिभरपुलको पहिलो जित

Economist Nepal

Wed, Bhadra 29 2079

सलाहको गोलमा लिभरपुलको पहिलो जित


२९ भाद्र २०७९, बुधबार

liverpool 2j5d34uoys

काठमाडौं । च्याम्पियन्स लिग फुटबलअन्तर्गत मंगलबार राति भएको खेलमा इङ्ग्लिस क्लब लिभरपुलले पहिलो जित निकाल्ने क्रममा आयक्सलाई २-१ अन्तरले पराजित गरेको छ ।

समूह ए को खेलमा पहिलो जित निकाल्ने क्रममा लिभरपुलले आयाक्सलाई २-१ ले हरायो । लिभरपुललाई जित दिलाउन मोहमद सलाह र जोएल माटिपले एक एक गोल गरे । आयाक्सला मोहमद कुडुसले एक गोल गरे ।

खेलको १७ औं मिनेटमा सलाहले लिभरपुललाई अग्रता दिलाए । २७ औं मिनेटमा मोहमद कुडुसले गोल गर्दै आयाक्सलाई १-१ गोलको बराबरीमा ल्याए । ८९ औं मिनेटमा माटिपले गोल गर्दा लिभरपुल २-१ ले विजयी भयो । जितसँगै लिभरपुलले २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा छ ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.