• Trending:

माओवादी अध्यक्ष प्रचण्डसँग अमेरिकी राजदूत बेरीको बिदाइ भेटवार्ता

माओवादी अध्यक्ष प्रचण्डसँग अमेरिकी राजदूत बेरीको बिदाइ भेटवार्ता

Economist Nepal

Wed, Bhadra 29 2079

माओवादी अध्यक्ष प्रचण्डसँग अमेरिकी राजदूत बेरीको बिदाइ भेटवार्ता


ryandi berry prachanda 20220914101035

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीबीच भेटवार्ता भएको छ ।

खुमलटारस्थित प्रचण्ड निवासमा बुधबार बिहान अध्यक्ष प्रचण्डसँग राजदूत बेरीले बिदाई भेटवार्ता गरेका हुन् ।
भेटवार्तामा अमेरिका र नेपालबीचको दुई पक्षीय सम्बन्धका बारेमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । अध्यक्ष प्रचण्डले राजदूत बेरीलाई सफल कार्यकालका लागि बधाई ज्ञापन गरेका थिए ।

नेपालका लागि अमेरिकी राजदूतमा डीन थम्पसन सिफारिस भइसकेका छन् । राष्ट्रपति जो वाइडेनले अमेरिकी विदेश मन्त्रालयमा दक्षिण र मध्य एसिया हेर्दै आएका थम्पसनलाई नेपालको नयाँ राजदूतमा प्रस्ताव गरेको ह्वाइट हाउसले जनाएको छ । उनी एसियाली मामिलाका विज्ञ समेत हुन् ।

city

थम्पसन अनुभवी अमेरिकी कुटनीतिज्ञ हुन्। उनी रक्षा मामिलाका जानकार हुन् । नेपालका लागि अमेरिकीको राजदूत र्‍याण्डी बेरीको गत वर्ष नै कार्यकाल सकिए पनि एमसीसी अनुमोदन गर्न थप पहलकदमी गर्नुपर्ने भएकाले उनको म्याद थपिएको थियो ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.