• Trending:

प्रतिनिधि सभा बैठक दुई घण्टा पर सर्‍यो

प्रतिनिधि सभा बैठक दुई घण्टा पर सर्‍यो

Economist Nepal

Wed, Bhadra 29 2079

प्रतिनिधि सभा बैठक दुई घण्टा पर सर्‍यो


२९ भाद्र २०७९, बुधबार

Parliment house samsad bhawans

काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको बैठक दुई घण्टा पर सरेको छ । आज (बुधबार) बिहान ११ बजेका लागि बोलाइएको बैठक १ बजे मात्र बस्ने भएको संसद् सचिवालयले जनाएको छ ।

आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार पाँच वटा विधेयक प्रमाणीकरण गरेकी छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

त्यसैगरी बैठकमा कारागार विधेयक, २०७८ माथि राष्ट्रिय सभाबाट भएको संशोधन प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । राष्ट्रिय सभा बैठक पनि आजै विहान ११ बजे बस्ने कार्यसूची रहेको छ ।

city
suchana
jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.