• Trending:

नेपाल-भारत सीमा समस्याको समाधान स्थापित द्विपक्षीय संयन्त्रमार्फत खोजिने

नेपाल-भारत सीमा समस्याको समाधान स्थापित द्विपक्षीय संयन्त्रमार्फत खोजिने

Economist Nepal

Wed, Bhadra 29 2079

नेपाल-भारत सीमा समस्याको समाधान स्थापित द्विपक्षीय संयन्त्रमार्फत खोजिने

मल आपूर्ति, गहुँ, चिनी, धान र चामल निकासीमा लगाइएको प्रतिबन्ध हटाउने विषयमा छलफल


sima

काठमाडौं । नेपाल र भारतका परराष्ट्र सचिवले दुई देशबीच रहेका सीमा समस्याको समाधान स्थापित द्विपक्षीय संयन्त्रमार्फत खोजिनुपर्नेमा सहमति जनाएका छन् ।

मंगलबार भारतको राजधानी नयाँदिल्लीस्थित हैदरवाद हाउसमा सम्पन्न नेपाल-भारत विदेशमन्त्रीस्तरीय बैठकमा उक्त सहमति भएको हो । बैठकमा परराष्ट्र सचिव भरत राज पौड्याल र भारतीय विदेश सविच विनय मोहन क्वात्रा सहभागी थिए ।

sima 1

‘उनीहरुबीच सीमा विवादका विषयमा पनि छलफल भएको थियो । यस सम्बन्धमा उनीहरूले स्थापित द्विपक्षीय संयन्त्रमार्फत सीमानाका बाँकी कामहरू पूरा गर्ने विषयमा विचार आदानप्रदान गरेका थिए,’ परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

city

बैठकमा उनीहरुबीच व्यापार, पारवहन, कनेक्टिभिटी, पूर्वाधार, विद्युत् क्षेत्र, सिँचाइ तथा डुबान, कृषि, लगानी, विकास सहयोग, स्वास्थ्य क्षेत्रमा सहकार्य, संस्कृति र जनताबीचको सम्बन्धलगायतका विविध क्षेत्रमा सहकार्यका विषयमा छलफल भएको थियो ।

दुवै देशका परराष्ट्र सचिवले विद्युत क्षेत्र, प्रसारण लाइन निर्माण, रेलवे कनेक्टिभिटी, आईसीपी निर्माण, पुल र अन्य महत्वपूणर् पूर्वाधार लगायतका विभिन्न क्षेत्रमा भएको प्रगतिमा सन्तोष व्यक्त गरेका थिए । बैठकमा मल आपूर्ति, गहुँ, चिनी, धान र चामल निकासीमा लगाइएको प्रतिबन्ध हटाउने विषयमा पनि छलफल भएको थियो ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.