• Trending:

चिनियाँ नेता ली चान्सु भक्तपुरमा {फोटो फिचर}

चिनियाँ नेता ली चान्सु भक्तपुरमा {फोटो फिचर}

Economist Nepal

Wed, Bhadra 29 2079

चिनियाँ नेता ली चान्सु भक्तपुरमा {फोटो फिचर}


२९ भाद्र २०७९, बुधबार

li zanxu 5 scaled

काठमाडौँ । चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुले आज (बुधबार) भक्तपुर दरबार स्क्वायर क्षेत्रको अवलोकन गरेका छन् । बुधबार बिहान नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीसहितको प्रतिनिधिमण्डलसहित अध्यक्ष ली भक्तपुर पुगेका हुन् ।

उनलाई भक्तपुर नगरपालिकाका मेयर सुनील प्रजापतिले स्वागत गरेका थिए । ली नेतृत्वको प्रतिनिधिमण्डलले भक्तपुर दरबार क्षेत्रमा भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरूको अवलोकन र निरीक्षण गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा अध्यक्ष ली सोमबार विशेष विमानबाट काठमाडौं आइपुगेका हुन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

लीले बुधबार अपराह्न ४ बजे शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । अध्यक्ष ली नेतृत्वमा ६ जना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अध्यक्ष ली बिहीबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

city
li zanxu 1
li zanxu 2
li zanxu 3
li zanxu 4
li zanxu 6
li zanxu 7
li zanxu 9
jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.