• Trending:

सप्तरीमा स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ

सप्तरीमा स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ

Economist Nepal

Wed, Bhadra 29 2079

सप्तरीमा स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ


२९ भाद्र २०७९, बुधबार

pakrau

सप्तरी । सप्तरीको राजविराज नगरपालिका-५ कुनौलीबाट स्रोत नखुलेको १ लाख ४४ हजार नेपाली रुपैयाँ र १० हजार भारतीय रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत घर भएका ३६ वर्षीय मो.समसुर समेत २ जना छन् । उनीहरुलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

बीआर ०७ एक्यू ५१९९ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई स्रोत नखुलेको उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.