• Trending:

परराष्ट्रमन्त्री डा. खड्का एलिजावेथको अन्त्येष्टिमा सहभागी हुन बेलायत जाने

परराष्ट्रमन्त्री डा. खड्का एलिजावेथको अन्त्येष्टिमा सहभागी हुन बेलायत जाने

Economist Nepal

Wed, Bhadra 29 2079

परराष्ट्रमन्त्री डा. खड्का एलिजावेथको अन्त्येष्टिमा सहभागी हुन बेलायत जाने


२९ भाद्र २०७९, बुधबार

narayan khadka 850

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का बेलायतकी महारानी एलिजावेथ द्वितीयको अन्त्यष्टिमा सहभागी हुन बेलायत जाने भएका छन् ।

एलिजावेथको अन्त्येष्टि असोज ३ गते बेलायतमा विशेष समारोहबीच हुँदैछ । अन्त्येष्टिमा सहभागी हुन नेपालको तर्फबाट परराष्ट्रमन्त्रीको नेतृत्वमा सानो टोली जान लागेको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ ।

अन्त्येष्टि समारोहमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य पनि सहभागी हुनेछन् । एलिजावेथको मृत्यु ९६ वर्षको उमेरमा यही भदौ २३ गते भएको थियो । एलिजावेथको अन्त्येष्टिमा विभिन्न देशका राष्ट्रध्यक्ष, सरकार प्रमुख र परराष्ट्रमन्त्री सहभागी हुनेछन् । बेलायत नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेको पहिलो राष्ट्र हो । नेपाल र बेलायतबीच सन् १८१६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.