• Trending:

२०७४ को बन्द सूचीमा नाम भएकाहरु पद निर्वाचन प्रक्रिया शुरु हुनुअघि स्वतः रद्द

२०७४ को बन्द सूचीमा नाम भएकाहरु पद निर्वाचन प्रक्रिया शुरु हुनुअघि स्वतः रद्द

Economist Nepal

Wed, Bhadra 29 2079

२०७४ को बन्द सूचीमा नाम भएकाहरु पद निर्वाचन प्रक्रिया शुरु हुनुअघि स्वतः रद्द


Nirbachan scaled

काठमाडौं । २०७४ सालको प्रतिनिधि सभा र प्रदेश सभाको बन्द सूचीमा नाम समावेश भएका उम्मेदवारहरू आउँदो चुनावमा फेरि बन्द सूचीमा बस्न पाउने भएका छन् ।

निर्वाचन आयोगका पदाधिकारी र राजनीतिक दलबीच आज भएको सहमति अनुसार २०७४ सालको बन्द सूचीमा रहेका व्यक्ति आउँदो चुनावमा फेरि बन्द सूचीमा बस्न पाउने भएका हुन् ।

दलका प्रतिनिधिहरुसँगको छलफलपछि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले असोज २ गतेअघि नै २०७४ सालमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको बन्द सूचीमा नाम रहेकाको पद रद्द हुने गरी प्रक्रिया अघि बढाउने जानकारी दिएका छन् ।

city

यस्तै प्रमुख निर्वाचन आयुक्त थपलियाले चुनावमा कुनै पदमा रहेको राजनीतिक व्यक्ति कुनै ठाउँको उम्मेदवार बनेमा सार्वजनिक स्रोत साधनको प्रयोग नगरिकन आफ्नो प्रचारप्रसार गर्न पाउने व्यवस्था गर्नेबारे छलफल भइरहेको बताएका छन् ।

उनले मन्त्रीहरुलाई चुनावको प्रचारप्रसारमा जाँदा सार्वजनिक स्रोत साधनको प्रयोग हुन नदिने तर चुनावमा भाग लिने हकबाट रोक्न नहुने धारणाहरु आइरहेको र त्यसबारे आयोग परामर्शमा रहेको बताएका छन् ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.