• Trending:

सर्वोच्चको फुलकोर्टले महाभियोग सिफारिस समितिलाई भन्यो-न्यायाधीशहरु उपस्थित हुन मिल्दैन

सर्वोच्चको फुलकोर्टले महाभियोग सिफारिस समितिलाई भन्यो-न्यायाधीशहरु उपस्थित हुन मिल्दैन

Economist Nepal

Wed, Bhadra 29 2079

सर्वोच्चको फुलकोर्टले महाभियोग सिफारिस समितिलाई भन्यो-न्यायाधीशहरु उपस्थित हुन मिल्दैन


२९ भाद्र २०७९, बुधबार

Pro ktm samsad baithakcc

काठमाडौं । सर्वोच्च अदालतले न्यायाधीशहरू बयानका लागि महाअभियोग सिफारिस समितिमा उपस्थित हुन नमिल्ने जनाएको छ ।

प्रतिनिधि सभाको महाअभियोग सिफारिस समितिको आजको बैठकले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बयानका क्रममा नाम लिएका सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसहित न्यायाधीशहरुलाई छलफलका लागि बोलाउने निर्णय गरेर भोलि बिहान साढे ८ बजे बैठकमा उपस्थित हुन पत्राचार गरेको थियो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
nayadhis qhbNPUytHC

समितिको पत्र प्राप्त गरेपछि दिउँसो बसेको सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) ले न्यायाधीशहरू बयानका लागि महाअभियोग सिफारिस समितिमा जान नमिल्ने ठहर गरेको हो । पूर्ण बैठकपछि सर्वोच्चका कायम मुकायम मुख्य रजिस्ट्रार नारायणप्रसाद पन्थीले महाअभियोग सिफारिस समितिलाई पत्र पठाएर उपस्थित हुन नमिल्ने जानकारी दिएका छन् ।

city

बयानका क्रममा निलम्बित प्रधानन्यायाधीश जबराले कायममुकायम प्रधानन्यायाधीश दीपक कार्की, न्यायाधीशहरू हरिकृष्ण कार्की, मीरा खड्का, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई र प्रकाशमानसिंह राउतको नाम लिएका थिए ।

jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.