• Trending:

धारा जडानका लागि सेवाग्रहीसँग घुस लिने प्लम्बर विरुद्ध अख्तियारद्धारा मुद्दा दायर

धारा जडानका लागि सेवाग्रहीसँग घुस लिने प्लम्बर विरुद्ध अख्तियारद्धारा मुद्दा दायर

Economist Nepal

Wed, Bhadra 29 2079

धारा जडानका लागि सेवाग्रहीसँग घुस लिने प्लम्बर विरुद्ध अख्तियारद्धारा मुद्दा दायर


२९ भाद्र २०७९, बुधबार

Akhtiyar

काठमाडौं : सेवाग्राहीसँग खानेपानी धारा जडानको लागि लिदै गर्दा रङ्गेहात पक्राउ परेका काठमाडौं उपत्यका खानेपानी लिमिटेड, महांकालचौर शाखा कार्यालयमा कार्यरत सिनियर प्लम्वर गणेश बहादुर खुलाल विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

खुलालले खानेपानी धारा जडानका लागि सेवाग्राहीसँग घुस मागेको सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले खुलाललाई गत साउन ३२ गते घुस बापत लिएको ५ हजार सहित नियन्त्रणमा लिइएको थियो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

अनुसन्धानको सिलसिलामा काठमाडौं उपत्यका खानेपानी लिमिटेड, महाकालचौरमा सिनियर प्लम्बर पदमा कार्यरत गणेश बहादुर खुलालले खानेपानीको धारा जडान गरेबापत सेवाग्राहीसँग घुस लिएको पुष्टि भएकोले बुधबार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

city

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको प्रवक्ता श्याम प्रसाद भण्डारीले विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।

jagdamba.cement
CIA

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.