• Trending:

धनगढीमा अनसनरत डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अस्पताल भर्ना

धनगढीमा अनसनरत डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अस्पताल भर्ना

Economist Nepal

Wed, Bhadra 29 2079

धनगढीमा अनसनरत डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अस्पताल भर्ना


२९ भाद्र २०७९, बुधबार

Govinda kc

धनगढी । स्वास्थ्य क्षेत्रको सुधारको माग राख्दै तीन दिनअघि धनगढीमा अनसन बसेका डाक्टर गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । उनलाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको हो ।

धनगढीस्थित गी२ता सत्संग समितिको धर्मशालामा अनसन बसेका केसीको बुधबार स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालको वार्डमा सारिएको हो । केसीलाई सेती प्रादेशिक अस्पतालको छुट्टै वार्डमा राखेर उपचार थालिएको डाक्टर केसीसँगै रहेका डाक्टर अमृत जैशीले बताए ।

उनका अनुसार बुधबारदेखि डाक्टर केसीलाई बोल्न समस्या भइरहेको र रक्तचाप घटेको छ । उनले चिकित्सकको सल्लाह बमोजिमनै डाक्टर केसीलाई अस्पतालमा भर्ना गरिएको बताए । डाक्टर केसीको स्वास्थ्य परीक्षण सेती प्रादेशिक अस्पतालका वरिष्ठ कन्सल्ट्यान्ट फिजिसीएन डाक्टर शेरबहादुर कमरले गरेका छन् ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.