• Trending:

२० वर्षमुनिको एसिया कप छनोट : नेपाल बहराइनसँग ६-० ले पराजित

२० वर्षमुनिको एसिया कप छनोट : नेपाल बहराइनसँग ६-० ले पराजित

Economist Nepal

Thu, Bhadra 30 2079

२० वर्षमुनिको एसिया कप छनोट : नेपाल बहराइनसँग ६-० ले पराजित


३० भाद्र २०७९, बिहीबार

nepal 1

काठमाडौँ । २० वर्षमुनिको एसिया कप छनोटमा नेपाल बहराइनसँग फराकिलो अन्तरले पराजित भएको छ ।
घरेलु मैदानमा भएको खेलमा बहराइनले नेपाललाई ६-० गोलले हरायो । बहराइनले २० मिनेटमा गोलको सुरुवात गरेको थियो । खेलको २८औं मिनेटमा अमर श्रेष्ठले रातो कार्ड पाएपछि नेपाल पहिलो हाफमै १० खेलाडीमा सीमित भएको थियो ।

पहिलो हाफमा २ गोल खाएको नेपालले दोस्रो हाफमा थप चार गोल खायो । हारसँगै नेपाल एसिया कपमा छनोट हुन असफल भएको छ । नेपाल पहिलो खेलमा भुटान र दोस्रो खेलमा कतारसँग पराजित भएको थियो । नेपालले अन्तिम खेल आउँदो आइतवार बङ्गलादेशसँग खेल्ने छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.