• Trending:

रुसको कब्जाबाट फिर्ता गरेका ठाउँमा युक्रेनी राष्ट्रपतिको भ्रमण

रुसको कब्जाबाट फिर्ता गरेका ठाउँमा युक्रेनी राष्ट्रपतिको भ्रमण

Economist Nepal

Thu, Bhadra 30 2079

रुसको कब्जाबाट फिर्ता गरेका ठाउँमा युक्रेनी राष्ट्रपतिको भ्रमण


३० भाद्र २०७९, बिहीबार

ukraine 1

किभ । युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले रुसले कब्जा गरेको भूमि फिर्ता गरेका ठाउँको भ्रमण शुरु गरेका छन् ।
पछिल्लो समय युक्रेनी सेनाले रुसी सेनालाई भगाउँदै कब्जा गरेका विभिन्न ठाउँका भूमि फिर्ता गरिरहेको छ । जेलेन्स्कीले हिजो इज्युम सहरमा पुगेर सेनालाई धन्यवाद दिएको तथा ठाउँठाउँमा युक्रेनी झण्डा फहराएको बीबीसीले जनाएको छ ।

उनले युक्रेनको एक इन्च भूमि पनि नछाड्ने र रुसले सन् २०१४ मा कब्जा गरेरको क्रिमिया पनि फिर्ता गर्ने बताएका छन् ।
युक्रेन पछिल्लो समय पूर्वी युक्रेनमा आक्रामक बन्दै रुसले कब्जा गरेका भूमि फिर्ता लिइरहेको छ । खार्किभमा छोटो समयमै ८ हजार वर्ग किलोमिटरभन्दा धेरै भूमि फिर्ता लिइसकेको र अब पूर्वी डोनबास क्षेत्रमा निशाना बनाएर ठूलो र मुख्य सहर फिर्ता गर्ने अभियानमा रहेको खबरमा उल्लेख छ ।

तर युक्रेनले फिर्ता गरेको दाबी गरेका सहरमा पत्रकार र स्वतन्त्र अनुगमनकर्तालाई प्रवेश नदिएकाले यसको आधिकारिक पुष्टि गर्न भने नसकिएको बीबीसीले जनाएको छ ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.