• Trending:

काभ्रेमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको गयो ज्यान (अपडेट)

काभ्रेमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको गयो ज्यान (अपडेट)

Economist Nepal

Thu, Bhadra 30 2079

काभ्रेमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको गयो ज्यान (अपडेट)


pahiro 5

काभ्रे । काभ्रेको बेथानचोक गाउँपालिकामा गए राति घरमाथिबाट खसेको पहिरोले पुरेर एकै परिवारका तीन जनाको ज्यान गएको छ । काभ्रेको बेथानचोक गाउँपालिका-४ चलालमा गए राति परेको वर्षाका कारण खसेको पहिरोले एक घर पुरिँदा उनीहरुको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार आज बिहान ३ बजेर ३० मिनेट जाँदाको समयमा बेथानचोक गाउँपालिका-४ स्थित ढुंगा खानी नजिकै पहिरो खसेको थियो । उक्त पहिरोले घर पुरिँदा सो घरमा सुतिरहेका ६५ वर्षीया ठूलीमाया तामाङ, छोरा ४४ वर्षीय निरबहादुर तामाङ र छोरी ४० वर्षीया सावित्री तामाङको मृत्यु भएको हो । निरबहादुर र सावित्रीको घटनास्थलमा नै मृत्यु भएको थियो भने ठूलीमायाको शिर मेमोरियल अस्पताल बनेपामा उपचारका क्रममा मृत्यु भएको थियो ।

बेथानचोक गाउँपालिकाका उपाध्यक्ष ताराराना तिमल्सिनाका अनुसार केही दिनदेखि सञ्चालन हुँदै आएको खानीमाथिबाट झरेको पहिरोमा परी घरसहित एकै परिवारका दुई जना पुरिएका हुन् । घटनापश्चात् सुरक्षाकर्मीको टोलीले गरेको खोजतलासमा दुई जनाको शव निकालेको उनले बताए ।

city

पालिकाभित्र सञ्चालित खानी तथा उद्योग मापदण्डभित्र रहेर सञ्चालन गर्न गाउँपालिकाले जिल्ला समन्वय समितिसँगको समन्वयमा अनुगमन गरी करिब एक हप्ता अगाडि मात्रै निर्देशन दिएको थियो । त्यस्ता उद्योग मापदण्डभित्र रहेर सञ्चालन गर्न र दर्ता तथा आवश्यक कागजात नभएका खानी र उद्योगलाई मापदण्ड पुर्‍याएर मात्रै सञ्चालन गर्न निर्देशन दिएको जनाइएको छ ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.