• Trending:

दुई बालिकालाई बलात्कार गरेको अभियोगमा युवकलाई १९ वर्ष कैद

दुई बालिकालाई बलात्कार गरेको अभियोगमा युवकलाई १९ वर्ष कैद

Economist Nepal

Thu, Bhadra 30 2079

दुई बालिकालाई बलात्कार गरेको अभियोगमा युवकलाई १९ वर्ष कैद


jel 1

तनहुँ । तनहुँको भानु नगरपालिका-३ माझीवनका १३ र १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवालाई १९ वर्ष कैद फैसला भएको छ ।

तनहुँ जिल्ला अदालतले भानु नगरपालिका-३ माझीवनका ३३ वर्षीय रमेश तामाङलाई १९ वर्ष कैद र दुवै पीडित बालिकालाई एक/एक लाख क्षतिपूर्ति दिने फैसला सुनाएको छ ।

जिल्ला अदालतका न्यायाधीश दलबहादुर केसीको बुधबारको इजलासले उक्त दुई वटा छुट्टाछुट्टै बलात्कारको मुद्दामा तामाङलाई दोषी ठहर गर्दै क्रमशः १९ वर्ष र १६ वर्ष छ महिना कैद र क्षतिपूर्तिको फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी हरिशचन्द्र गौतमले जानकारी दिए ।

city

दुई मुद्दामा एकै जना अभियुक्त भएको र घटना एकैदिन भएको तथा दुवै मुद्दामा दोषी ठहर भएको हुँदा अधिकतम १९ वर्ष सजायको थप पाँच वर्ष कैद बस्नुपर्ने गौतमले बताए ।

उक्त फैसलाअनुसार तामाङ २५ वर्ष कैद बस्नुपर्ने हुन्छ । तामाङले विसं २०७७ असार ३० गते सुस्तमनस्थिति भएका दुई बालिकालाई बलात्कार गरेको भन्दै पीडितका परिवारले सोही दिन इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेमा उजुरी दिएका थिए । उजुरीपश्चात् प्रहरीले सोही दिन तामाङलाई पक्राउ गरेको थियो । तामाङ जिल्ला अदालतको आदेशमा विसं २०७७ साउन २४ गतेदेखि पुर्पक्षका लागि थुनामा रहेका थिए ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.