• Trending:

महाअभियोग सिफारिस समिति बैठक ३ बजेसम्मका लागि स्थगित

महाअभियोग सिफारिस समिति बैठक ३ बजेसम्मका लागि स्थगित

Economist Nepal

Thu, Bhadra 30 2079

महाअभियोग सिफारिस समिति बैठक ३ बजेसम्मका लागि स्थगित


maha abhiyoug sifaris samiti

काठमाडौं । महाअभियोग सिफारिस समितिको बैठक बिहीबार दिउँसो ३ गतेसम्मका लागि स्थगित भएको छ । बुधबार बिहान बोलाइएको बैठकमा सर्वोच्च अदालतका न्यायाधीशहरू नआएपछि दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको हो ।

आजको बैठकमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मुछेका बहालवाला र पूर्वन्यायाधीश तथा वकिलहरूलाई बयानका लागि बोलाइएको थियो । तर, कोही पनि उपस्थित नभएपछि बैठक ३ बजेसम्मका लागि स्थगित गरिएको हो । सर्वोच्च अदालतका न्यायाधीशहरूले महाअभियोग सिफारिस समितिको बैठकमा उपस्थित नहुने बताइसकेका छन् ।

त्यसैगरी पूर्वप्रधानन्यायाधीश हरिप्रसाद शर्मा, कल्याण श्रेष्ठ, सुशीला कार्कीलगायतले पनि समिति बैठकमा बयानका लागि उपस्थित नहुने घोषणा गरेका छन् । सोही कारण अबको बैठक कसरी सञ्चालन गर्ने भन्ने विषयमा थप गृहकार्य गर्न समिति बैठक पर सारिएको एक सदस्यले जानकारी दिए ।

city

बुधबारको समिति बैठकले जबराले मुछेका नामहरूमध्ये राजनीतिज्ञ बाहेक न्यायाधीश र वकिललाई समितिमा बोलाएर सोधपुछ गर्ने निणर्य गरेको थियो ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.