• Trending:

चाेलेन्द्रले आरोपित गरेका सात वकिलहरुसँग महाभियोग सिफारिस समितिको छलफल शुरु

चाेलेन्द्रले आरोपित गरेका सात वकिलहरुसँग महाभियोग सिफारिस समितिको छलफल शुरु

Economist Nepal

Thu, Bhadra 30 2079

चाेलेन्द्रले आरोपित गरेका सात वकिलहरुसँग महाभियोग सिफारिस समितिको छलफल शुरु


mahabhiyog samitima2022 09 15 03 46 59

काठमाडौं । महाभियोग सिफारिस समितिको बैठक शुरु भएको छ । दुई पटकसम्म स्थगित भएर शुरु भएको बैठकमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराले आरोपित गरेका सात कानुन व्यवसायीसँग सोधपुछ गरिने छ ।

बैठकमा १० कानुन व्यवसायी उपस्थित भए पनि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बयानमा नाम नलिएका तीन जनालाई बैठकमा बस्न दिइएन ।

बैठकमा पूर्व महान्यायाधिवक्ता रमन श्रेष्ठ, नेपाल बार एशोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अञ्जिता खनाल, सर्वोच्च अदालत बार एसोसियसनका अध्यक्ष पूर्णमान शाक्य, वरिष्ठ अधिवक्ताहरु कृष्णप्रसाद भण्डारी, शम्भु थापा र हरिहर दाहाल, बारका पूर्व अध्यक्ष चण्डेश्वर श्रेष्ठ, बारका पूर्वमहासचिव लिलामणी पोखरेल र अधिवक्ता ओमप्रकाश अर्याल उपस्थित भएका थिए ।

city

तर, जबराले नाम नलिएका बार अध्यक्ष घिमिरे, महाचिव खनाल र वरिष्ठ अधिवक्ता भण्डारीलाई समितिमा बस्न दिइएन । अहिले अन्य सातजनासँग सोधपुछ शुरु भएको छ । पूर्व प्रधानन्यायाधीशहरू उपस्थित नहुने भएपछि आज बिहान ८ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजेलाई सारिएको थियो । बैठकमा पूर्व प्रधानन्यायाधीशहरू पनि अनुपस्थित हुने भएपछि समितिको बैठक पुनः स्थगित भएको थियो ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.