
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरबाट ३,७९० नमूना परीक्षण गर्दा १२६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट १६७४ र एन्टिजेनबाट २,११६ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ७५ र एन्टिजेनबाट ५१ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो । मन्त्रालयका अनुसार थप १३७ जना कोरोनामुक्त भएका छन् । हाल सक्रिय कोरोना संक्रमितको संख्या २,१२९ रहेका छन् ।
Comments
Related News



