• Trending:

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या २२२.८ प्रतिशतले वृद्धि

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या २२२.८ प्रतिशतले वृद्धि

Economist Nepal

Thu, Bhadra 30 2079

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या २२२.८ प्रतिशतले वृद्धि

३० भाद्र २०७९, बिहीबार

bidesh

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या २२२.८ प्रतिशतले वृद्धि भएको छ ।

वैदेशिक रोजगार विभागका अनुसार गत साउन महिनामा ४४ हजार ५४० जनाले वैदेशिक रोजगारीमा जानको लागि अन्तिम श्रम स्वीकृति लिएका छन् । अघिल्लो आर्थिक वर्षको साउन महिनाको तुलनामा यो संख्या २२२.८ प्रतिशतले बढी हो ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या साउन महिनामा ७५.४ प्रतिशतले वृद्धि भई २० हजार ३९० पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २८६.१ प्रतिशतले बढेको थियो ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.