• Trending:

कांग्रेसमा समानुपातिकतर्फका उम्मेदवार सूचीकृत गर्ने जिम्मा आठ सहमहामन्त्रीलाई

कांग्रेसमा समानुपातिकतर्फका उम्मेदवार सूचीकृत गर्ने जिम्मा आठ सहमहामन्त्रीलाई

Economist Nepal

Thu, Bhadra 30 2079

कांग्रेसमा समानुपातिकतर्फका उम्मेदवार सूचीकृत गर्ने जिम्मा आठ सहमहामन्त्रीलाई

३० भाद्र २०७९, बिहीबार

sanepa congress

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक उम्मेदवारका आएका नामहरूलाई सूचीकृत गर्ने जिम्मेवारी आठ जना सहमहामन्त्रीलाई दिएको छ ।

बिहीबार बालुवाटारमा बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले समानुपातिक उम्मेदवारको नाम सूचीकृत गर्ने जिम्मा आठ सहमहामन्त्रीलाई दिएको हो । १६५ प्रतिनिधिसभा र ३३० प्रदेशसभा निर्वाचन क्षेत्रबाट समानुपातिकतर्फ आएका नामहरूलाई क्लस्टरमा छुट्याउने जिम्मा उनीहरूलाई दिइएको बताइएको छ ।

अर्को बैठक शुक्रबार दिउँसो १ बजे बालुवाटारमै बोलाइएको छ । देशभरबाट प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ ५ हजार बढीको नाम आएको बताइएको छ ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.