• Trending:

छिमेकीसँगको आफ्नो अवैध सम्बन्ध थाहा पाएका श्रीमानको हत्या

छिमेकीसँगको आफ्नो अवैध सम्बन्ध थाहा पाएका श्रीमानको हत्या

Economist Nepal

Thu, Bhadra 30 2079

छिमेकीसँगको आफ्नो अवैध सम्बन्ध थाहा पाएका श्रीमानको हत्या


latest News nayapage1 scaled

रुपन्देही । रुपन्देहीको तिलोत्तमामा एक महिलाले श्रीमानको हत्या गरेकी छन् । तिलोत्तमा-१५ मा ३९ वर्षीया ग्रिजादेवी थारुले ४२ वर्षीय श्रीमान जगदीश चौधरीको हत्या गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले जानकारी दिएका छन् ।

उनका अनुसार थारुले मंगलबार राति घरभित्र खाटमा सुतिरहेको अवस्थामा फलामको धारिलो हतियारले घाँटी तथा शरीरका विभिन्न भागमा प्रहार गरी जगदीशको हत्या गरेकी थिइन् । थारुको छिमेकी ५२ वर्षका फुलचन्द्र बानियाँसँग अवैध सम्बन्ध रहेको श्रीमानले थाहा पाएपछि पटक-पटक झगडा हुने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।

केही वर्षअघि श्रीमानले जग्गा बिक्री गरेको र पैसा उठाउन नसकेको रिस बोकेकी ग्रिजादेवी थारुले बानियाँसँग ७ लाख ऋण सहयोग समेत लिएकी थिइन् । थारु र बानियाँबीच जगदीशलाई मारी विवाह गर्ने योजना बनेको केसीले बताए ।

city

जगदीशको हत्या गर्न बानियाँले पनि सघाएको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख केसीले बताए । उनीहरुलाई अदालतबाट ७ दिनको म्याद लिएर थुनामा राखी अनुसन्धान अघि बढाएको उनले जनाए ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.