• Trending:

नेपाल इको प्यानलले आफै बनाउन थाल्यो ‘एडेसिभ’ सिमेन्ट

नेपाल इको प्यानलले आफै बनाउन थाल्यो ‘एडेसिभ’ सिमेन्ट

Economist Nepal

Thu, Bhadra 30 2079

नेपाल इको प्यानलले आफै बनाउन थाल्यो ‘एडेसिभ’ सिमेन्ट


pannel

काठमाडौं । नेपाल इको प्यानलले इको प्यानल जडानका लागि आवश्यक ‘एडेसिभ’ सिमेन्ट बनाउने प्लान्ट आफै स्थापना गरेको छ । नेपाल इ्को प्यानल जडान गर्दा आवश्यक पर्ने विशेष प्रकारको टंग एण्ड ग्रुप ज्वाइन्टमा प्रयोग हुने विशेष प्रकारको सिमेन्ट आफै बनाउन थालेको हो । यसभन्दा अगाडि कम्पनीले यो सिमेन्ट भारत र चीनबाट आयात गथ्र्यो ।

नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्जिनियर कृष्णभक्त दुवालले कम्पनीले एकपछि अर्को प्रगति गर्दै जाने क्रममा नेपाल इको प्यानल जडानका लागि आवश्यक सिमेन्ट आफै बनाउन शघुरु गरेको जानकारी दिए ।

कारखानामा पहिला नै तयार पारी निर्माणस्थलमा नेपाल इको प्यानल जडान मात्रै गरे पुग्छ । यही नेपाल इको प्यानल जडानका लागि यस्तो विशेष प्रकारको सिमेन्टको आवश्यकता पर्छ ।

city

नेपाल इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेशन वालको रूपमा प्रयोग हुने आधुनिक निर्माण सामग्री हो । यसको प्रयोगबाट तीव्र निर्माण सम्भव हुन्छ । निर्माणस्थलमा लगेर जोडे मात्रै पुग्ने भएकाले यसको प्रयोगबाट तीव्र निर्माण सम्भव भएको हो । हलुका, भूकम्प प्रतिरोधीलगायतका कारण पछिल्लो समय यसको माग उच्च रहेको कम्पनीको दाबी छ ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.