• Trending:

बरुण हाइड्रोपावरको हकप्रदमा आवेदन दिने आज अन्तिम मौका

बरुण हाइड्रोपावरको हकप्रदमा आवेदन दिने आज अन्तिम मौका

Economist Nepal

Fri, Bhadra 31 2079

बरुण हाइड्रोपावरको हकप्रदमा आवेदन दिने आज अन्तिम मौका


३१ भाद्र २०७९, शुक्रबार

IPO

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीको १०० प्रतिशत हकप्रद सेयर भर्ने आज भदौ ३१ गते अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।

कम्पनीले भदौ ६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले कुल २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो । बरुणले हकप्रद सेयर बिक्रीका लागि साउन २ गते बुक क्लोज गरेको थियो ।

साउन १ गतेसम्म कायम रहेका सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम आरबीबी मर्चेन्ट बैंकिङले गरेको छ । हकप्रदमा आरबीबी मर्चेन्ट बैंकिङ र राष्ट्रिय वाणिज्य बैंकको विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै, मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.