• Trending:

डेंगु फैलिएपछि काठमाडौं महानगरले शुरु गर्‍यो हटलाइन सेवा, निःशुल्क एम्बुलेन्स

डेंगु फैलिएपछि काठमाडौं महानगरले शुरु गर्‍यो हटलाइन सेवा, निःशुल्क एम्बुलेन्स

Economist Nepal

Fri, Bhadra 31 2079

डेंगु फैलिएपछि काठमाडौं महानगरले शुरु गर्‍यो हटलाइन सेवा, निःशुल्क एम्बुलेन्स


Balendra Shah

काठमाडौं । डेंगु फैलिएपछि काठमाडौं महानगरपालिकाले हटलाइन सेवा शुरु गरेको छ । महानगरका मेयर बालेन्द्र शाहका अनुसार डेंगु संक्रमितका लागि २४ घण्टे हटलाइन शुरु भएको. हो ।

डेंगु संक्रमित भए वा भएको शंका लागेमा ११८० मा फोन गरेर स्वास्थ्यकर्मीबाट नै परामर्श लिन सकिने छ । आवश्यक परे १०२ मा फोन गरेर महानगरको निःशुल्क एम्बुलेन्स सेवा लिन सकिनेछ ।

‘डेंगु जसरी समुदायमा फैलाएको छ, त्यसको रोकथाम र नियन्त्रणका लागि अत्याधिक सचेतना र क्रियाशीलताको आवश्यकता भएको कुरा हामी सबैले अनुभव गरेको कुरा हो,’ उनले भनेका छन्, ‘यसका लागि महानगर पहिलेदेखि नै महानगरस्तरमा सक्रिय रहेको जानकारी गराउँदछौँ ।’

city

भइरहेका कार्यक्रमहरुलाई थप विस्तार गर्दै नयाँ कार्यक्रमहरु पनि ल्याएर स्रोत तथा जनशक्तिको अधिकतम प्रयोग भइरहेको उनले बताएका छन् ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.