• Trending:

भारत उत्तर प्रदेशमा भारी वर्षा : पर्खाल भत्किएर किच्दा ९ जनाको मृत्यु

भारत उत्तर प्रदेशमा भारी वर्षा : पर्खाल भत्किएर किच्दा ९ जनाको मृत्यु

Economist Nepal

Fri, Bhadra 31 2079

भारत उत्तर प्रदेशमा भारी वर्षा : पर्खाल भत्किएर किच्दा ९ जनाको मृत्यु


३१ भाद्र २०७९, शुक्रबार

parkhal

काठमाडौं । भारतको उत्तर प्रदेशमा ठूलो पानी परेको छ । विगत केही दिनदेखि लगातार परेको वर्षाले जनधनको क्षति भएको छ ।

लखनउमा पर्खाल भत्किएर किच्दा ९ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा तीन जना पुरुष, तीन महिला र तीन जना बालबालिका रहेका छन् । एक जना घाइते भएका छन् । लगातारको वर्षाका कारण कमजोर पर्खाल भत्किएको र त्यसबाट थिचिएर मानवीय क्षति भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मुख्यमन्त्री योगी आदित्यनाथले मृतकका परिवारलाई चार लाख रुपैयाँ राहतको घोषणा गरेका छन् । भारतको मौसम विज्ञान विभागले उत्तर प्रदेशमा भोलिसम्म नै ठूलो वर्षा हुने जनाएको छ । त्यहाँ स्कुल तथा कलेज बन्द गरिएको छ । जनजीवन प्रभावित भएको छ ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.