• Trending:

२०७४ सालको समानुपातिक बन्दसूची शनिबार राति १२ बजेपछि निस्क्रिय हुने

२०७४ सालको समानुपातिक बन्दसूची शनिबार राति १२ बजेपछि निस्क्रिय हुने

Economist Nepal

Fri, Bhadra 31 2079

२०७४ सालको समानुपातिक बन्दसूची शनिबार राति १२ बजेपछि निस्क्रिय हुने


३१ भाद्र २०७९, शुक्रबार

suchi 1

काठमाडौं । निर्वाचन आयोगले २०७४ सालमा दलहरुले बुझाएको समानुपातिकतर्फको बन्दसूची शनिबार राति १२ बजेपछि स्वतः कायम नरहने स्पष्ट पारेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै यससम्बन्धी जानकारी राजनीतिक दललाई दिने र राजपत्रमा पनि सूचना जारी गर्ने उल्लेख गरेका छन् । समानुपातिक तर्फको बन्दसूची कायम नरहने भएपछि प्रतिनिधि सभाको कार्यकाल शनिबारबाटै समाप्त हुने छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
74

‘राष्ट्रिय सभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको मिति २०७९ भदौं २८ को पत्र तथा मिति २०७९ भदौं २९ को राजनीतिक दलसँगको बैठक वाट प्राप्त सुझाव समेतका आधारमा संवत् २०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि राजनीतिक दलले पेश गरी निर्वाचन आयोगले प्रकाशन गरेको उम्मेदवारको बन्दसूची मिति २०७९ असोज १ गते राति १२ः०० बजेदेखि स्वतः कायम नरहने गरी आयोगले निणर्य गरेको छ’ आयोगको विज्ञप्तिमा छ,’ आयोगले गरेको उक्त निणर्यको जानकारी प्रतिनिधिसभा, प्रदेश सभा, संघीय संसद राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति र राजनितिक दलहरुलाई दिने तथा नेपाल राजपत्रमा प्रकाशन गर्ने निणर्य समेत गरेको छ ।’ २०७४ को बन्दसूचीमा १८ हजार जनाको नाम सूचीकृत थियो ।

city
jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.