• Trending:

उपत्यकाका बाणिज्य बैंकमा आइतबारदेखि दशैंको नयाँ नोट

उपत्यकाका बाणिज्य बैंकमा आइतबारदेखि दशैंको नयाँ नोट

Economist Nepal

Fri, Bhadra 31 2079

उपत्यकाका बाणिज्य बैंकमा आइतबारदेखि दशैंको नयाँ नोट

एक जनाले साढे १८ हजारसम्म साट्न पाउने


३१ भाद्र २०७९, शुक्रबार

money new
सांकेतिक तस्विर

काठमाडौं । असोज २ गते आइतबारबाट काठमाडौं उपत्यकाभित्रका इजाजत प्राप्त ‘क’ वर्गका बाणिज्य बैंकहरुले पनि दशैंका लागि नयाँ नोट सटही गरिदिने भएको छन् ।

नयाँ नोट सटही गर्न सहज होस् भनेर यसवर्ष सम्पूणर् वाणिज्य बैंकहरुलाई नयाँ नोट उपलब्ध गरिसकिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले सबै ‘क’ वर्गका बाणिज्य बैंकलाई काठमाडौं उपत्यका भित्रका तोकिएका शाखाबाट कार्यालयहरु मार्फत नयाँ नोट सटहीको व्यवस्था मिलाउन समेत भनेको छ ।

राष्ट्र बैंकका अनुसार रु. ५, १०, २०, ५० र १०० दरको प्रति व्यक्ति बढीमा एक/एक प्याकेटका दरले बढीमा साढे १८ हजार रुपैयाँसम्मको सटही सुविधा गराइने छ । सर्वसाधरणलाई नयाँ नोट सटहीको लागि काठमाडौं उपत्यकाभित्रका कम्तीमा ५ वटा शाखा कार्यालयहरु तोकी आफ्नो वेबसाइटमार्फत सूचना दिन पनि राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई भनेको छ ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.