• Trending:

संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस, २७ विधेयक निस्क्रिय हुँदै

संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस, २७ विधेयक निस्क्रिय हुँदै

Economist Nepal

Fri, Bhadra 31 2079

संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस, २७ विधेयक निस्क्रिय हुँदै


Samsad 2 1 scaled

काठमाडौं । सरकारले भोलि शनिवार राति १२ बजेदेखि संसद्को अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।

यसअघि राजनीतिक दलहरूबीच संसद्को कार्यकालबारे विवाद रहेको थियो । सरकारले आउँदो चुनावबाट गठन हुने संसद्को पहिलो बैठक बस्नु अघिसम्म यो संसद्को कार्यकाल कायम हुने गरी कानुन संशोधन गर्न संसदमा विधेयक ल्याएकोमा विरोध भएपछि फिर्ता लिएको थियो ।

आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि निर्वाचन आयोगले आउँदो आइतवार र सोमवारका लागि समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउने कार्यक्रम तोकेको छ । समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउने अघिल्लो दिनसम्म चालु संसद्को कार्यकाल रहने व्यवस्थाअनुसार भोलि राति १२ बजेपछि संसद्को कार्यकाल सकिँदैछ ।

city

सरकारले संसद् अधिवेशन अन्त्यका लागि सिफारिस गरेसँगै संसदमा रहेका २७ वटा विधेयक निस्क्रिय हुने भएका छन् । यसैबीच प्रतिनिधि सभाको अन्तिम बैठक भोलि दिउँसो १ बजे बस्दैछ ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.