• Trending:

अम्गाईंको ‘कुरै कुरामा’ भ्वाइसकी सुरक्षा सेन्चुरी र सौगातको स्वर

अम्गाईंको ‘कुरै कुरामा’ भ्वाइसकी सुरक्षा सेन्चुरी र सौगातको स्वर

Economist Nepal

Fri, Bhadra 31 2079

अम्गाईंको ‘कुरै कुरामा’ भ्वाइसकी सुरक्षा सेन्चुरी र सौगातको स्वर


song

काठमाडौं । गीतकार ध्रुवप्रसाद अम्गाईंको ‘कुरै कुरामा’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । भ्वाइस अफ नेपालबाट चर्चा कमाएकी गायिका सुरक्षा सेन्चुरी र सौगातजङ्ग थापाको स्वर रहेको गीतमा दिपेश परियार र अन्जना राउतको अभिनय रहेको छ ।

सुजन श्रेष्ठको छायांकन रहेको भिडियोको सम्पादन सुजन लम्सालले गरेको भिडियोको निर्देशन मुनाल शिशिर कोइरालाले गरेका हुन् । सो गीतको भिडियो एम थ्री मिडिया नेपाल युट्युब च्यानलमार्फत रिलिज गरिएको हो ।

song 1

गीतकार अम्गाई सामाजसेवी र राजनीतिज्ञ समेत हुन् । एकपछि अर्कों हिट गीतहरु लगातार स्रोतासामु पस्किरहेका अम्गाईं विगत २० वर्षदेखि प्रवासमा बस्दै आएका छन् । अम्गाईंका चार दर्जनभन्दा बढी गीतहरु बजारमा आइसकेका छन् ।

city

जमानत गुमायौ, मिलनमा विछोड, आँखा आँखा जुधी, माया कुरा सुनिदेऊ, नजुरेको लगन, मखमली चोली, मन खोलेर गाउँ गीत, नभुल्न सक्ने, घरमा कुरा, काले केटा, माया हे माया, माया तिरिरिरी उनका चर्चित गीतहरु हुन् ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.