• Trending:

गठबन्धनले देशलाई ओरालोतिर लग्यो : ओली

गठबन्धनले देशलाई ओरालोतिर लग्यो : ओली

Economist Nepal

Sat, Asoj 1 2079

गठबन्धनले देशलाई ओरालोतिर लग्यो : ओली


kp oli 1

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकारले देशलाई ओरालो गतिमा लगेको आरोप लगाएका छन् ।

आज (शनिबार) काठमाडौंको वसन्तपुरमा संविधान दिवसको उपलक्ष्यमा आयोजित युवा सँगसँगै पदयात्रा कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले देश अफ्ठ्यारो स्थितिबाट आरोलो लागिरहेको बताएका हुन् ।

अध्यक्ष ओलीले गठबन्धनले ओरालो गतिमा लगेको देशलाई रोकेर अघि बढाउन राजनीतिक, लोकतान्त्रिक अभ्यास, संविधान कार्यान्वयन, शान्ति सुव्यवस्था, भ्रष्टाचार नियन्त्रण, सुशासन, चौतर्फी विकासको अभ्यासको अभियानलाई अघि बढाउन सशक्त ढंगले अघि बढ्ने बताए । उनले यसको फैसला आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनले गर्ने बताए ।

city

अध्यक्ष ओलील गठबन्धनका कारण धक्का खाएको देशको अवस्थालाई चिरेर द्रुत गतिले विकास गर्नुपर्नेमा जोड दिए । अध्यक्ष ओलीले संविधान दिवसलाई राष्ट्रिय पर्वको रुपमा मनाउनु पर्ने बताए । संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन नेकपा एमालेले काठमाडौंमा वृहत वाकथन (पदयात्रा) शुरु गरेको हो ।

पदयात्रा बिहान ७ बजेबाट उपत्यकाका बानेश्वर, मैतिदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोलबाट शुरू भएको थियो । पदयात्रा कार्यक्रममा अध्यक्ष ओलीसहित महासचिव शंकर पोखरेल, उपाध्यक्ष एवं तत्कालीन संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ, उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलगायत नेताहरूको उपस्थिति थियो ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.