• Trending:

महाकालीमा जल सतह उच्च, शारदा व्यारेज आवागमनमा रोक

महाकालीमा जल सतह उच्च, शारदा व्यारेज आवागमनमा रोक

Economist Nepal

Sat, Asoj 1 2079

महाकालीमा जल सतह उच्च, शारदा व्यारेज आवागमनमा रोक


१ आश्विन २०७९, शनिबार

mahakali

कञ्चनपुर। शुक्रबार रातिदेखिको लगातारको वर्षाले महाकाली नदीको बहाव बढेको छ । नदीको बहाव बढेसँगै कटान पनि गरिरहेको छ ।

रातिको समयमा नदीको अत्यधिक रहेको महाकाली नगरपालिका १ श्रीबगरका स्थानिय लोकेन्द्रबहादुर बमले बताए । बिहानबाट रातिको तुलनामा नदीमा पानी घटेको छ । उनले भने, ‘राति श्रीबगरमा कटान गरेको छ । अहिले पनि कटान जारी राखेको छ ।’

महाकाली नदीले सदरमुकामको बङ्गाबगर क्षेत्रमा पनि कटान गरिरहेको स्थानीयहरुले बताएका छन् । दुहु ब्यास क्षेत्रमा वर्षा बढी भएको हुनाले महाकालीमा पानीको सतह बढेको हो । अविरल वर्षापछि कञ्चनपुरको महाकाली नदीको जलस्तर बढेको छ । जलस्तर बढेसँगै शारदा ब्यारेजमा आवागमनमा रोक लगाएको छ । नदीमा पानीको सतह बढेकाले शारदा ब्यारेजमा आवतजावतमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी चक्रबहादुर शाहले बताए । उनका अनुसार महाकालीमा पानीको बहाव एक लाख ६४ हजार क्युसेक पुगेको छ ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.