• Trending:

इजरायली हमलामा पाँच सिरियाली सैनिक मारिए

इजरायली हमलामा पाँच सिरियाली सैनिक मारिए

Economist Nepal

Sat, Asoj 1 2079

इजरायली हमलामा पाँच सिरियाली सैनिक मारिए


१ आश्विन २०७९, शनिबार

काठमाडौं । इजरायलले सिरियाको दमास्कस अन्तर्राष्ट्रिय विमानस्थल र राजधानीको दक्षिणलगायत अन्य स्थानहरूमा गरेको हवाई हमलामा पाँच सैनिकको मृत्यु भएको छ । हमलामा ठूलो भौतिक क्षति भएको प्राप्त विवरणहरूमा जनाइएको छ ।

सिरियाली वायु प्रतिरक्षाले आक्रमणलाई रोकेको छ र धेरैजसो क्षेप्यास्त्रहरू खसाल्न सफल भएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । आक्रमणमा विमानस्थल सञ्चालनमा असर गरे नगरेको विषयमा तत्काल पुष्टि भएको छैन ।

सिरिया र लेबनानका सहयोगीहरूलाई हतियार पुर्याउन तेहरानको हवाई आपूर्ति लाइनको बढ्दो प्रयोगमा बाधा पुर्‍याउन इजरायलले सिरियाली विमानस्थलमा आक्रमणलाई तीव्र पारेको छ ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.