• Trending:

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसहितका शीर्ष नेताहरुले सम्बोधन गर्ने

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसहितका शीर्ष नेताहरुले सम्बोधन गर्ने

Economist Nepal

Sat, Asoj 1 2079

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसहितका शीर्ष नेताहरुले सम्बोधन गर्ने


१ आश्विन २०७९, शनिबार

deuwa

काठमाडौं । प्रतिनिधिसभाको आज (शनिबार) बस्ने बैठकमा राजनीतिक दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन् । बैठक केहीबेरमा शुरु हुँदैछ । प्रतिनिधिसभाको कार्यकाल आज राति १२ बजे सकिँदैछ । २०७४ मा निर्वाचित सांसदहरुको अन्तिम संसद् बैठक आज बस्दैछ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभाको कार्यकालको जारी अधिवेशन अन्त्य गर्न शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरिसकेको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको बन्दसूची पेस गर्ने कार्यतालिका असोज २ र ३ मा रहेकाले असोज १ सम्म कार्यकाल मानेर सदनका पछिल्लो बैठकमा बोल्ने सांसदहरुले विदाई सम्बोधन गर्ने गरेका थिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.