• Trending:

नागरिकता विधेयक प्रमाणीकरण नहुनु संसदीय मर्यादाको खिल्ली : उपेन्द्र यादव

नागरिकता विधेयक प्रमाणीकरण नहुनु संसदीय मर्यादाको खिल्ली : उपेन्द्र यादव

Economist Nepal

Sat, Asoj 1 2079

नागरिकता विधेयक प्रमाणीकरण नहुनु संसदीय मर्यादाको खिल्ली : उपेन्द्र यादव


upendra yadav Wgnv8JWwHk

काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगर्दा संसदीय मर्यादाको खिल्ली उडेको बताएका छन् ।

शनिबार प्रतिनिधिसभा बैठकमा उनले पहिले सोही अध्यादेश एकैछिनमा प्रमाणीकरण गरेको तर संसद्बाट दुई पटक विधेयक पारित गर्दा समेत प्रमाणीकरण नगरेको भन्दै असन्तुष्टि जनाए ।

‘दुवै सदनको बहुमतले पारित गरेपछि प्रमाणीकरण नहुनु संसदीय मर्यादाको खिल्ली उडेको छ । संसदले पटक-पटक पारित गरेपछि प्रमाणीकरण रोक्न मिल्दैन’, उनले भने, ‘यदि, त्यसो हो भने संसद्ले पारित गर्दै जाने तर प्रमाणीकरण नहुने हो भने के हाल हुन्छ ?’

city

उनले संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा परेको संकेत देखिन थालेको बताए । विधेयक दुवै सदनले पारित गरेपछि स्वतः ऐन हुने अन्तर्राष्ट्रिय अध्यास रहेको उनलदद्धे बताएका छन् ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.