• Trending:

यो संविधान र शासनबाट नेपाली जनता सन्तुष्ट छैनन् : राजेन्द्र महतो

यो संविधान र शासनबाट नेपाली जनता सन्तुष्ट छैनन् : राजेन्द्र महतो

Economist Nepal

Sat, Asoj 1 2079

यो संविधान र शासनबाट नेपाली जनता सन्तुष्ट छैनन् : राजेन्द्र महतो


१ आश्विन २०७९, शनिबार

Rajendra Mahato

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोले यो संविधान र शासन व्यवस्थाबाट नेपाली जनता सन्तुष्ट नरहेका दावी गरेका छन् । प्रतिनिधिको आज (शनिबार) को वैठकमा बोल्दै महतोले जनता सन्तुष्टि हुनेगरी यो संसद र सरकारले काम नगरेको बताएका हुन् ।

महतोले भने, ‘जनताको अधिकार र पहिचानमा के सुधार भयो त ? यो समीक्षाको विषय हो। नेपाली जनता कत्तिको सन्तुष्टि भए ? नेपाली जनतालाई सोध्नुपर्ने विषय हो । यो संसदप्रति नेपाली जनता सन्तुष्टि छैनन् । यहाँ सबै ठीकठाक भनेर प्रशंसामात्रै गरियो।’ देश समृद्धितर्फ अगाडि बढ्न नसकेको बताए ।

१६ बुँदे सहमतिका आधारमा बनेको संविधानले न्याय नदिने बताए । औपनिवेशिक चिन्तन सोँचबाट जनताले न्याय नपाउने बताए । महतोले भने, ‘औपनिवेशिक चिन्तनबाट शासन र संविधान बन्यो। यो समीक्षाको विषय हो। यो देशका सबै जनताले स्वतन्त्रता र समानता पाए कि पाएननल् ? समीक्षा गर्न जरुरी छ ।’ नेपाल एउटा जाति, वर्गको नभइ सबै नेपाली जनताको भएको बताए ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.