• Trending:

नागरिकता विधेयक प्रमाणीकरण नभए आन्दोन गर्ने लोसपाको घोषणा

नागरिकता विधेयक प्रमाणीकरण नभए आन्दोन गर्ने लोसपाको घोषणा

Economist Nepal

Sat, Asoj 1 2079

नागरिकता विधेयक प्रमाणीकरण नभए आन्दोन गर्ने लोसपाको घोषणा


losapa

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सङ्घीय संसद्को दुवै सदनबाट दोस्रो पटक समेत पारित भई राष्ट्रिपतिसमक्ष प्रमााणीकरणका निम्ति पेश गरिएको नागरिकता विधेयक निर्धारित समयभित्रै प्रमाणीकरण गर्न आग्रह गरेको छ ।

लोसपाको केन्द्रीय कार्यकारिणी समितिको भदौ ३१ गते बसेको बैठकले नागरिकता विधेयक प्रमाणीकरण गरी नागरिकको अधिकारलाई सुनिश्चित गर्न माग गर्ने निणर्य गरिएको लोसपाले आज विज्ञप्तिमार्फत जनाएको छ ।

पार्टी अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा सम्पन्न उक्त बैठकले असोज ४ गतेसम्म नागरिकता विधेयक प्रणाणीकरण नभए राष्ट्रियता, लोकतन्त्र, मानवअधिकार र नागरिक अधिकारको रक्षार्थ पार्टी बाध्य भएर सङ्घर्षमा जानुपर्ने परिस्थिति आउन सक्नेतर्फ पनि ध्यानाकर्षण गराएको छ ।

city

सरकारद्वारा टीकापुर घटनामा मुद्दा लगाइएका रेशम चौधरीलगायतका आन्दोलनकारीहरूलाई मुद्दा खारेज गरी रिहाइ गर्ने निणर्य अत्यन्त सकारात्मक रहेको जनाउँदै कानुनी प्रक्रिया पुर्‍याएर टीकापुर जस्तै महोत्तरी घटनाका मुद्दा खारेज गर्न सरकारसँग आग्रह गरेको छ ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.