• Trending:

ठाउँ-ठाउँमा पहिरो : कर्णाली राजमार्ग अवरुद्ध

ठाउँ-ठाउँमा पहिरो : कर्णाली राजमार्ग अवरुद्ध

Economist Nepal

Sun, Asoj 2 2079

ठाउँ-ठाउँमा पहिरो : कर्णाली राजमार्ग अवरुद्ध


२ आश्विन २०७९, आईतवार

pahiro 4
फाइल फोटो

दैलेख । निरन्तरको वर्षाका कारण कर्णाली राजमार्गको विभिन्न ठाउँमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ । प्रदेश प्रहरी कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार कालीकोट खाडाचक्र नगरपालिका-५ मौलाकाटीमा माथिबाट ढुङ्गा र माटोसहितको पहिरो आएर राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो ।

यसैगरी दैलेखको दुल्लु नगरपालिका-३ बोटखोला र चामुण्डा बिन्द्रासैनी नगरपालिका-७ रामाघाटमा सडक माथि पहिरो आएर कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।

गुराँस गाउँपालिका-६ जिरो प्वाइन्ट र केराबारीमा सडक माथिबाट पहिरो आइ बन्द भएको सुर्खेत-दैलेख सडक खण्ड अहिले सञ्चालनमा आइसकेको छ ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.