• Trending:

कांग्रेस संसदीय समितिको बैठक बस्दै, समानुपातिक सूची टुंग्याउने

कांग्रेस संसदीय समितिको बैठक बस्दै, समानुपातिक सूची टुंग्याउने

Economist Nepal

Sun, Asoj 2 2079

कांग्रेस संसदीय समितिको बैठक बस्दै, समानुपातिक सूची टुंग्याउने


२ आश्विन २०७९, आईतवार

congress 3 scaled

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय समितिको बैठक बस्दै आज (आइतबार) छ । समानुपातिक उमेदवार टुंग्याउनका लागि बैठक बस्न लागेको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसन लागेको हो । बिहान ९ बजे बैठक शुरु हुने कांग्रेसले जनाएको छ ।
आजको बैठकले सहमहामन्त्रीहरुले क्लस्टरिङ गरेका नामहरुबाट अन्तिम सूची बनाउने बताइएको छ । कांग्रेसले आठजना सहमहामन्त्रीहरुलाई कस्टरिङअनुसार समानुपातिक उमेदवारको सूची बनाउने जिम्मा दिएको थियो ।

कांग्रेस संसदीय समितिमा पदाधिकारीहरुसँगै नेता रामचन्द्र पौडेल पनि रहेका छन् । समितिको बैठक हिजो पनि बसेको थियो । निर्वाचन आयोगले आज र भोलि समानुपातिक बन्दसूची बुझाउनका लागि समय तोकेको छ ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.