• Trending:

चाडपर्वलाई लक्षित गरी सडक मर्मत-सम्भार गरिंदै

चाडपर्वलाई लक्षित गरी सडक मर्मत-सम्भार गरिंदै

Economist Nepal

Mon, Asoj 3 2079

चाडपर्वलाई लक्षित गरी सडक मर्मत-सम्भार गरिंदै


lalitpur sunakothi road bl2WY5XViO 1

काठमाडौं । चाडपर्वका समयमा यात्रुलाई सहजरुपमा घर जानका लागि बिग्रेका सडकलाई मर्मत सम्भार गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तिहाक राईको अध्यक्षतामा आइतबार यातायात व्यवसायीसहित बसेको बैठकले चाडपर्वलाई मध्यनजर गर्दै सडकलाई मर्मतसम्भार गर्न सडक विभागलाई निर्देशन दिने निर्णय गरेको हो ।

दसैँ, तिहार छठलगायत चाडपर्वको अवसरमा यात्रुको आवतजावतको चापलाई मध्यनजर गर्दै बिग्रिएका सडक तथा राजमार्गलाई यथाशीघ्र मर्मतसम्भार गर्न सडक विभागलाई निर्देशन दिने निर्णय भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले जानकारी दिए ।

बैठकले महासङ्घले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पेस गरेका २१ बुँदे मागको विषयमा यातायात व्यवस्था विभागले अध्ययन, छलफल, परामर्श गरी मन्त्रालयमा राय, प्रतिक्रियासहितको प्रतिवेदन पेस गर्ने निणर्य समेत गरेको छ ।

city

बैठकमा मन्त्री इस्तिहाक राईसहित मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, यातायात व्यवस्था विभागका महानिर्देशक टोकराज पाण्डे, मन्त्रालयका सहसचिवहरु, महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँर, महासङ्घका उपाध्यक्ष रवि रिमाल, महासङ्घका महासचिव गौतम, उपमहासचिव रजन रोक्कालगायतको उपस्थिति रहेको थियो । रासस

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.