
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले बुधबारदेखि ५१ हजार ९९० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याउने भएको छ ।
कम्पनीले प्रतिकित्ता शेयरको न्यूनतम भाउ ३९५ रुपैयाँ तोकेको छ । प्रतिकित्ता ३९५ रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी आवेदन पेश गर्न सकिनेछ ।
यसमा इच्छुक योग्य व्यक्तिले असोज १३ गतेसम्म आवेदन दिन सक्ने छन् । न्यूनतम ६ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने छ । लगानीकर्ताले प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंमा पुग्नेगरी गोप्य शिलबन्दी आवेदन बुझाउनु पर्नेछ ।
Comments
Related News



