• Trending:

संविधान दिवस : टुँडिखेलको कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री

संविधान दिवस : टुँडिखेलको कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री

Economist Nepal

Mon, Asoj 3 2079

संविधान दिवस : टुँडिखेलको कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री


Sambidhan diwash 2079 4 scaled

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आठौँ संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा आज मूल समारोह समितिद्वारा सैनिक मञ्च, टुँडिखेलमा आयोजित समारोहमा सहभागी भएकी छन् ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश दीपककुमार कार्की,सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, सरकारका उच्च अधिकारी, मित्रराष्ट्र तथा नियोगका प्रमुख र प्रतिनिधिको उपस्थिति थियो ।

समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको थियो भने विविध सांस्कृतिक झाँकीका साथै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट राष्ट्रिय धूनसहित ब्याण्डबाजा प्रस्तुत गरिएको थियो । समारोहलाई प्रधानमन्त्री देउवाले सम्बोधन गरेका थिए ।

city
Sambidhan diwash 2079 1
Sambidhan diwash 2079 2
Sambidhan diwash 2079 3
Sambidhan diwash 2079 4

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.