• Trending:

एकीकृत समाजवादीले बुझायो बन्द सूची, तुलाधर समानुपातिकमा

एकीकृत समाजवादीले बुझायो बन्द सूची, तुलाधर समानुपातिकमा

Economist Nepal

Mon, Asoj 3 2079

एकीकृत समाजवादीले बुझायो बन्द सूची, तुलाधर समानुपातिकमा

हालसम्म २८ दलले पेस गरे बन्दसूची


३ आश्विन २०७९, सोमबार

samajbadi

काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) पार्टीले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची पेस गरेको छ ।

एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरका अनुसार सोमबार निर्वाचन आयोगमा प्रतिनिधिसभातर्फ ११० र प्रदेशसभातर्फ २२० जनाकै नामावली बुझाइएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
Nirbachan banda suchi darta

उनले अहिले बुझाइएको नाममा फेरबदल हुनसक्ने बताए । समानुपातिकतर्फ १५ सिट ल्याउने पार्टीको योजना समेत रहेको उनले बताए । उनले आफ्नो नाम समानुपातिक सूचीमा रहेको जानकारी दिए ।

city

प्रतिनिधिसभाका लागि खस आर्यतर्फ पार्टी उपाध्यक्ष प्रमेश हमाल, बागमती प्रदेश अध्यक्ष सावित्रा भुषाल, मधेसी कोटाबाट मधेस प्रदेश अध्यक्ष रामचन्द्र यादव, आदिवासीतर्फ पार्टी उपमहाचिव गंगालाल तुलाधर र दलितर्फ पोलिटव्युरो सदस्य गणेश विकको नाम सिफारिस गरेको छ । अहिलेसम्म २८ दलले बन्दसूची पेस गरेका छन् ।

jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.