• Trending:

प्रचण्डसँगको छलफलपछि प्रधानमन्त्री राष्ट्रपति भेट्न शीतलनिवासमा

प्रचण्डसँगको छलफलपछि प्रधानमन्त्री राष्ट्रपति भेट्न शीतलनिवासमा

Economist Nepal

Mon, Asoj 3 2079

प्रचण्डसँगको छलफलपछि प्रधानमन्त्री राष्ट्रपति भेट्न शीतलनिवासमा


३ आश्विन २०७९, सोमबार

bidhya deuwa

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । राष्ट्रपति भण्डारीलाई भेट्न जानुअघि प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गरेका थिए ।

प्रधानमन्त्री देउवाले नागरिक विधेयकको विषयमा छलफल गर्ने बालुवाटार स्रोतले जानकारी दिएको छ । संसद्ले नागरिकता विधेयक दोस्रो पटक पनि पारित गरेको प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाएको १४ दिन भइसकेको छ ।

दुवै सदनको बहुमतले पारित गरेको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले सुझावसहित संसदमा फिर्ता पठाएकी थिइन् । तर सत्तारुढ गठबन्धनले पहिल्यै विधेयक जस्ताको त्यस्तै पारित गरेपछि राष्ट्रपति भण्डारी असन्तुष्ट छिन् । कतिपयले राष्ट्रपति भण्डारीलाई विधेयक प्रमाणीकरण नगर्न सुझाव दिंदै आएका छन् ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.