• Trending:

लमजुङको दुराडाँडा-बाख्रेजगत सडक कालोपत्रे शिलान्यास

लमजुङको दुराडाँडा-बाख्रेजगत सडक कालोपत्रे शिलान्यास

Economist Nepal

Tue, Asoj 4 2079

लमजुङको दुराडाँडा-बाख्रेजगत सडक कालोपत्रे शिलान्यास


४ आश्विन २०७९, मंगलवार

sila scaled

लमजुङ । संघीय शहरी विकास मन्त्री मेटमणी चौधरीले लमजुङको दुराडाँडामा सत्रसय-अर्चल्यानी-दुराडाँडा-तुर्लुङकोट-पुरानकोट-बाख्रेजगत सडक स्तरोन्नति (कालोपत्रे) गर्न शिलान्यास गरेका छन् ।

संघीय आयोजना कार्यान्वयन इकाई कास्कीका अनुसार सुन्दरबजार नगरपालिका र वेसीशहरका केही वडा छुने उक्त सडकको लम्बाई डिपिआर अनुसार १५.२ किलोमिटर रहेको छ । डिपिआर अनुसार कूल ५१ करोड ९५ लाख ९३ हजार रुपैयाँ लागत लाग्ने छ । सडक खण्डले २ हजार घरका ९ हजार ५८७ जनसंख्यालाई प्रत्यक्ष लाभ पुग्ने बताइएको छ ।

शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वय इकाई कास्कीको आयोजनामा भएको उक्त कार्यक्रमको सुन्दरबजार नगरपालिकाको समन्वय रहेको छ । शहरी विकास मन्त्रालयका सचिव डा. रमेश प्रसाद सिंहले सडक स्तरोन्नतिको काम अबको एक महिनाभित्रै टेण्डर आह्वान गरी डेढ महिनाभित्र सुरु हुने बताए ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.