• Trending:

पोखरामा एटिएम फुटाउँदा-फुटाउँदै एक जना पक्राउ

पोखरामा एटिएम फुटाउँदा-फुटाउँदै एक जना पक्राउ

Economist Nepal

Tue, Asoj 4 2079

पोखरामा एटिएम फुटाउँदा-फुटाउँदै एक जना पक्राउ


४ आश्विन २०७९, मंगलवार

atm

कास्की । पोखरा महानगरपालिका-६ लेकसाईड बाराही चोकस्थित एनएमबी बैंकको एटिएम फुटाउँदै गरेको अवस्थामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका-५ सल्यानटार घर भएका २५ वर्षीय मनोज कुमाल छन् । उनलाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई एटिएम फुटाउँदै गरेको अवस्थामा एक थान खुकुरी सहित फेला पारी पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.